लोड हुँदैछ...

मेनु

एनपीएल फाइनल : उपाधिका लागि आज सुदूरपश्चिम र लुम्बिनी भिड्दै

एनपीएल फाइनल : उपाधिका लागि आज सुदूरपश्चिम र लुम्बिनी भिड्दै

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच हुँदैछ। खेल दिउँसो ३ : ३० बजे सुरु हुनेछ।

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको यो टोली लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै र पहिलो क्वालिफायर जितेर सिधै फाइनलमा पुगेको हो। टोली ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा बलियो देखिएको छ।

लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले सुरुवाती हारका बाबजुद उत्कृष्ट पुनरागमन गर्दै इलिमिनेटर र दोस्रो क्वालिफायर जितेर फाइनल यात्रा तय गरेको हो।

प्रतियोगिताको विजेताले १ करोड १० लाख र उपविजेताले ५१ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। आज दुवै टोली पहिलो पटक एनपीएल ट्रफी उचाल्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।