लोड हुँदैछ...

मेनु

सुनसरीबाट ८० किलोभन्दा बढी गाँजासहित दुई पक्राउ

सुनसरीबाट ८० किलोभन्दा बढी गाँजासहित दुई पक्राउ

इटहरी । सुनसरी प्रहरीले २४ घण्टाको अन्तरालमा फरक–फरक स्थानबाट ८० किलोभन्दा बढी लागूऔषध गाँजा बरामद गरेर दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले इटहरी उपमहानगरपालिका–१३, छोटी पुल नजिकबाट करिब २० किलो गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरू धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका–५ का ६५ वर्षीय भिम लिम्बु र को २५ प १४३७ नम्बरको मोटरसाइकल चालक ३० वर्षीय ख्याम लिम्बु छन् । विशेष सूचनाका आधारमा खनार प्रहरी चौकीबाट खटिएको टोलीले बिहीबार साँझ शंकास्पद रूपमा गुडिरहेका मोटरसाइकल रोक्न खोज्दा उनीहरूको साथबाट गाँजा फेला परेको थियो ।

प्रहरीले प्र.१–०२–०५७ प.५३२५ तथा को.२५ प १४३७ नम्बरका दुवै मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ । पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उता देवानगंज गाउँपालिका–४, कौवाखोज नजिक इलाका प्रहरी कार्यालय देवानगंज र प्रहरी चौकी कप्तानगंजको संयुक्त गस्ती टोलीले नेपालबाट भारततर्फ शंकास्पद रूपमा गइरहेको मोटरसाइकललाई रोक्न प्रयास गर्दा चालकले दुई बोरा गाँजा फालेर फरार भएका थिए । प्रहरीले बरामद बोरामा प्याक गरिएको करिब ६० किलो गाँजा तथा बीआर ५० एनजी ८९९३ नम्बरको भारतीय मोटरसाइकल नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान थालेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।