विराटनगर । विराटनगरबाट प्रहरीले एक व्यक्तिलाई ४ लाख ७० हजार रुपैयाँ नेपाली रुपैयाँसहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रानीले विराटनगर–१५ भन्सार कार्यालय १ नम्बर ढाटमा भारतबाट साइकलमा नेपाल प्रवेश गरेका व्यक्तिलाई नगदसहित पक्राउ गरेको हो ।
साथमा भएको रकमको स्रोत खुलाउन नसकेपछि विराटनगर–१५ का संजय चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साइकलमा आइरहेका चौधरीलाई शंका लागेपछि इलाका प्रहरी कार्यालय रानी र कोशी प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले चेकजाँच गरेको थियो।
सोधपुछका क्रममा उनको गोजीबाट एक हजारका ४०० थान तथा पाँच सयका १४० थान नोटसहित ४ लाख ७० हजार रुपैयाँ फेला परेको हो । रकमको स्रोतबारे प्रश्न गर्दा उनले स्पष्ट जानकारी दिन नसकेपछि प्रहरीलाई थप शंका लागेर नियन्त्रणमा लिएको हो।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।