लोड हुँदैछ...

मेनु

विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग भिड्ने

विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग भिड्ने

काठमाडौं । विराटनगर किङ्सलाई ४० रनले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएल सिजन–२ को फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न दोस्रो क्वालिफायर खेलमा जित निकाल्दै लुम्बिनीले उपाधि भिडन्त पक्का गरेको हो । यो हारसँगै विराटनगर किङ्सको यस सिजनको यात्रा टुंगिएको छ । विराटनगर प्रतियोगितामा तेस्रो स्थानमा रहँदै बाहिरिएको छ ।

अब उपाधिका लागि लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । सुदूरपश्चिम यसअघि नै पहिलो क्वालिफायर जितेर सिधै फाइनलमा पुगिसकेको छ ।

ब्याटिङमा विराटनगरको लज्जास्पद प्रदर्शन
लुम्बिनीले दिएको १३५ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगरको ब्याटिङ लाइनअप सुरुदेखि नै धराशायी बन्यो । विराटनगर १७।५ ओभरमा मात्र ९४ रनमा अलआउट भयो ।
विराटनगरका स्टार र भरपर्दा ब्याटरहरू नचल्दा नतिजा लुम्बिनीको पक्षमा गयो । इनिङको पहिलो ओभरमै विराटनगरले आफ्ना दुई ओपनर गुमाएको थियो । लुम्बिनीका रुबेन ट्रम्पेलम्यानले पहिलो ओभरको पाँचौं बलमा मार्टिन गप्टिल ९२ रन० र अन्तिम बलमा लोकेश बम ९० रन० लाई आउट गराएपछि विराटनगर दबाबमा परेको थियो ।

त्यस लगत्तै अर्का स्टार खेलाडी फाफ डुप्लेसी पनि जम्मा ३ बल सामना गर्दै २ रन बनाएर शेर मल्लको बलमा बोल्ड भए ।
सुरुवाती झड्कापछि क्रिजमा आएका साम हिजलेटले इनिङ उकास्ने प्रयास गर्दै २८ बलमा सर्वाधिक ३४ रन बनाए । त्यस्तै, मचेन्ट डी लांगेले २० बलमा १७ रन जोडे भने ७ विकेट गुमेपछि ब्याटिङमा आएका नरेन भट्टले २१ रन बनाए । यी तीन जना बाहेक विराटनगरका अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

लुम्बिनीका बलर चम्किए
विराटनगरलाई सस्तैमा समेट्न लुम्बिनीका बलरहरूले कसिलो बलिङ गरे । लुम्बिनीका तिलक भण्डारीले सर्वाधिक ३ विकेट लिए ।
महत्वपूर्ण सुरुवाती विकेट लिएका रुबेन ट्रम्पेलम्यान, जेजे स्मिथ र अभिषेक गौतमले समान २–२ विकेट हात पारे । शेर मल्लले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।