लोड हुँदैछ...

मेनु

धनकुटामा मानवअधिकार उल्लंघनका घटनामा कमी

धनकुटामा मानवअधिकार उल्लंघनका घटनामा कमी

धनकुटा । धनकुटामा मानव अधिकार उल्लंघनका घटनामा गत वर्षभन्दा कमी भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा सो प्रतिवेदन सार्वजनिक गरेको हो ।

इन्सेकले सन् २०२५ मा जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७१ ओटा घटना अभिलेख गरेको इन्सेक धनकुटा प्रतिनिधी ईश्वर थापाले जानकारी दिए। जसमा बालअधिकार विरुद्धका ७ः, हत्या १, कुटपिट १, महिलाविरुद्ध घटना ६२ गरि ७१ जना पीडित भएको अभिलेख गरेको थापाले बताए । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि जिल्लामा सन् २०२५ को जनवरीदेखि डिसेम्बर ९ सम्म भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि पूर्व समीक्षा गरिएको हो। इन्सेकको प्रतिवेदन अनुसार जिल्लामा गत वर्ष ९९ ओटा घटना अभिलेख गरिएको यो वर्ष ७१ ओटा घटना भएको थापाको भनाइ छ ।

७७ औ विश्व मानव अधिकार दिवसको अवसरमा आयोजना गरिएको पूर्व समीक्षा कार्यक्रममा धनकुटामा मानवअधिकारको अवस्था तथा मानवअधिकार रक्षाका लागि नागरिक समाजको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम गरिएको गरिएको थियो । यस्तै लैंगिक हिंसा विरुद्धको १६ दिन अभियानको समापन गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रम गैसस महासंघ धनकुटा, नेपाल पत्रकार महासंघ धनकुटा, मानव अधिकार एलाइन्स धनकुटा, इन्सेक धनकुटा र हुसाडेक नेपालको संयुक्त आयोजना गरिएको थियो। अन्तरक्रिया कार्यक्रममा गैसस महासंघ धनकुटाका अध्यक्ष मिनप्रसाद सुवेदीले मानवअधिकार रक्षाका लागि नागरिक समाजको भुमिका विषयक कार्यपत्र र धनकुटाका नगरपालिकाकी महिला बालबालिका शाखा प्रमुख फूलमाया तामाङ्गले धनकुटामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा भएका गतिबिधीको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सावित्रा राई, धनकुटा नगरपालिकाकी उपप्रमुख भीमा खनाल लगायतले मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, मानवअधिकारकर्मी, नागरिक समाजका अगुवा, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।