लोड हुँदैछ...

मेनु

घरमा आगलागी हुँदा जलेर घाइते राईको निधन

घरमा आगलागी हुँदा जलेर घाइते राईको निधन

इलाम । घरमा आगजनी हुँदा जलेर गम्भीर घाइते भएकी इलाम नगरपालिका–६ की ३२ वर्षीया सिर्जना राईको उपचारका क्रममा निधन भएको छ ।

मंसिर १८ गते राति चुलोमा आगो सल्काउन पेट्रोल प्रयोग गर्दा लागेको आगोमा परेर गम्भीर घाइते भएकी राईको बुधबार ग्रिनक्रस अस्पताल, विराटनगरमा उपचारको क्रममा मृत्यु भएको इलाम प्रहरीले जनाएको छ।

आगलागीका कारण उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो । स्थानीयवासी र प्रहरीले उद्धार गरी सुरुवातमा इलाम अस्पताल पु¥याइएपनि अवस्था गम्भीर भएपछि थप उपचारका लागि बिराटनगर रेफर गरिएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। आगोमा परेका उनका पति सन्तोष राई पनि घाइते भएका छन् । उनको बिराटनगरस्थित ग्रिनक्रस अस्पतालमै उपचार भइरहेको छ।

उपचार खर्च तिर्न नसक्दा सिर्जनाको शरीर अस्पतालबाट बुझ्न कठिनाइ भएको इलाम–६ का वडाध्यक्ष दुर्गा श्रेष्ठले बताएका छन् । ग्रिनक्रस अस्पतालको करिब ६ लाख रुपैयाँ बराबरको बिल तिर्न बाँकी रहेको जनाइएको छ।

राई दम्पती दुवैजना चियाबगानका श्रमिक हुन् । उनका तीन नाबालक छोराछोरी छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।