दमक,। झापाको दमक नगरपालिका–९ झरनाटोलमा एक महिला आगोले पोलेर घाइते भएकी छन्।
बुधबार साँझ घरको आँगनमा बालिएको आगो ताप्ने क्रममा हुत्तिँदा ३५ वर्षीया तारा थारु परियार बलिरहेको आगोमा परेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
आगोमा परेपछि उनका शरीरका विभिन्न भागमा गम्भीर चोटपटक लागेको प्रहरीले जनाएको छ। घाइते परियारलाई घटना लगत्तै दमक अस्पतालमा भर्ना गरिएको छ।
प्रहरीको प्रारम्भिक अनुमानअनुसार मदिरा सेवनका कारण उनी सन्तुलन गुमाएर आगोमा हुत्तिएकी थिइन्।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।