लोड हुँदैछ...

मेनु

फाइनलमा पुग्न विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच आज भिडन्त हुने

फाइनलमा पुग्न विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच आज भिडन्त हुने

विराटनगर । नेपाल प्रिमियर लिगको जारी सृङ्खला अन्तरगत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच खेल हुँदैछ । क्वालिफायरमा पुगेका दुवै टिमका लागि आज जित अनिवार्य छ । आजको खेलबाट दुईमध्ये एउटा टिम फाइनलमा पुग्ने छ ।

पहिलो क्वालिफायरमा सुदुरपश्चिम रोयल्ससँग ठूलो अन्तरले हार बेहोरेको विराटनगर खेललाई आफ्नो पक्षमा पार्न चाहन्छ । साथै पछिल्लो समयमा खेलको लय समातेको लुम्बिनी विराटनगरलाई स्तब्ध बनाउने प्रयत्नमा हुनेछ ।

लुम्बिनीसँग विराटनगरले लिग चरणमा ५ विकेटका हार बेहोरीसकेको छ । आजको खेलमा विराटनगरले त्यसको बदला लिँदै फाइनलमा पुग्ने योजना बनाउने छ ।

फाइनल प्रवेशका लागि निर्णायक खेल दुवैका लागि गर या मरको स्थिति रहेका कारण आजको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।