विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसले तीन जनाको नाम सिफारिस गरेको छ ।
बुधबार बिर्तामोडस्थित पार्टी कार्यालयमा बसेको क्षेत्रीय समिति बैठकले उम्मेदवार बनाउन तीन जनाको नाम सिफारिस गरेको हो ।
बैठकले केन्द्रीय सदस्य सरिता प्रसाईंसहित छत्र गिरी र सजेश सिवाकोटीको नाम सिफारिस गरेको हो ।
कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवार सिफारिस गर्ने क्रम जारी छ ।
आउँदो फागुन २१ गतेलाई चुनाव तोकिएको छ ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।