विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको बराहक्षेत्र नगरपालिका, चक्रघट्टीका तत्कालीन सब–इन्जिनियर शिवनारायण मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको र बढुवासमेत लिएको पुष्टि भएपछि आयोगले उनीविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार मण्डलले भारतको बिहार विद्यालय परीक्षा समिति, पटनाबाट हाईस्कूल (माध्यमिक) तह प्रथम श्रेणीमा उत्तीर्ण भएको भनिएको नक्कली लब्धांक पत्र पेस गरेका थिए। साथै, उनले मडैया बलुवा उच्च विद्यालयको विद्यालय परित्यागको प्रमाणपत्र समेत नक्कली बनाएको अनुसन्धानबाट खुलेको छ।
सोही नक्कली कागजातका आधारमा मण्डलले २०५३ साल साउन १ गते जिल्ला विकास समितिको कार्यालय, सुनसरीमा सहायक सब – ओभरसियर पदमा स्थायी नियुक्ति लिएका थिए।
त्यसपछि २०६७ माघ ७ गते उनी सहायक इन्जिनियर पदमा बढुवा भएका थिए। झुटो प्रमाणपत्रका भरमा उनले लामो समयसम्म सरकारी ओहदामा रहेर राज्यकोषबाट तलब–भत्ता तथा सेवा सुविधा लिएको आयोगले जनाएको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।