विराटनगर । सुनसरीमा बस र अटो ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।आज धरान उपमहानगरपालिका–१९, मिलनचोकस्थित सडकमा दुर्घटना भएको हो ।
को१क ७८२ नम्बरको बस र को१ह ८७७४ नम्बरको अटो एकापसमा ठोक्किँदा धरान–१९, एकतामार्गका २४ वर्षीय निमेष भुजेलको मृत्यु भएको इलाका प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
दुर्घटनामा अटोका चालक निमेष गम्भीर घाइते भएका थिए । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अटोमा सवार एकजना घाइते भएका छन् । सोही अस्पतालमा उनको उपचार भइरहेको छ ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।