लोड हुँदैछ...

मेनु

काठमान्डु र लुम्बिनी इलिमिनेटरमा खेल्दै

काठमान्डु र लुम्बिनी इलिमिनेटरमा खेल्दै

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तरगत आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स प्लेअफ अन्ततरगत ‘इलिमिनेटर’ मा खेल्दै छन् ।

त्रिवि क्रिकेट रंगशालामा अपरान्ह ४ बजे सुरु हुनेखेलबाट बिजयी टोली फाइनलका लागि खेल्ने अवसर प्राप्त गर्नेछ । तर पराजित टोली भने उपाधि दौडबाट बाहिरिने छ ।

अर्कोतर्फ विजयी हुने टोलीले पनि फाइनलमा स्थान भने बनाउने छैन । फाइनल पुग्नका लागि अर्को एक खुड्किलो पार गर्नुपर्ने हुन्छ, अर्थात् दोस्रो क्‍वालिफायरमा खेल्नुपर्ने हुन्छ ।

पहिलो क्‍वालिफायरमा मंगलबार सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई हराउँदै फाइनलमा पुगिसकेको छ । अब त्यही विराटनगरसँग यस इलिमिनेटर खेलको विजेताले भोलि खेल्नेछ ।

काठमान्डुले लुम्बिनीमाथि हालसम्म खेलेका दुवै खेल जितेको छ । काठमान्डुले त्यो दबदबा कायमै राख्न चाहनेछ भने लुम्बिनीले आजको खेल जितेर काठमान्डुलाई उपाधि यात्राबाट बाहिर पठाउने सोचमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।