उदयपुर । २३ मंसिर चौदण्डीगढी नगरपालिका ४ थुलुङडाँडामा मंगलबार दिउँसो ३:१० मा भएको मोटरसाइकल एक आपसमा ठक्कर हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चौदण्डीगढी–४ थुलुङडाँडाका ५८ वर्षीय भक्तराम राई रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते राईलाई तत्काल उपचारका लागि नगर अस्पताल बेल्टार ल्याइए पनि ३:३५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। घटनास्थलमा इलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी निरीक्षक नेतृत्वको टोलीले दुर्घटनामा संलग्न बा ९२ प ०८९७ को मोटरसाइकल चालक २६ वर्षीय एमन मगर सहित दुवै मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।