लोड हुँदैछ...

मेनु

अभियुक्त पक्राउ परेपछि अंशुको अन्त्येष्टि

अभियुक्त पक्राउ परेपछि अंशुको अन्त्येष्टि

विराटनगर । बलात्कारपछि विभत्स हत्या भएको दुई महिनापछि मोरङको लेटाङ नगरपालिका–२, फडानीकी अंशु गौतमको अन्त्येष्टि गरिएको छ।

गत २३ असोजमा बेपत्ता भएकी अंशुको शव १८ दिनपछि जंगलमा हत्या गरिएको अवस्थामा फेला परेको थियो। घटनापछि परिवारले दोषी पक्राउ नपर्दासम्म शव नबुझ्ने अडान लिएपछि शव अस्पतालको शवगृहमै राखिएको थियो।

प्रहरीले बलात्कारपछि हत्या गरेको आरोपमा छिमेकी ५९ वर्षीय पदमबहादुर अधिकारीलाई शुक्रबार पक्राउ गरेपछि मंगलबार अंशुको चिसाङ खोलामा धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गरिएको हो । अधिकारीले अंशुको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।