लोड हुँदैछ...

मेनु

जेनजी आन्दोलनमा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने १५ जना इलामबाट पक्राउ

जेनजी आन्दोलनमा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने १५ जना इलामबाट पक्राउ

विराटनगर। जेनजी आन्दोलनको नाममा सरकारी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले इलामबाट १५ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक गरेको छ ।

आन्दोलन भएको करिब तीन महिना हुुन लाग्दा गएको मङ्सिर २० र २१ गते पक्राउ गरिएका ती व्यक्तिहरूलाई जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरी जिल्ला प्रहरी कार्यालय इलामले सार्वजनिक गरेको हो ।

प्रहरीले इलाम नगरपालिका–७ का ५२ वर्षे कमलकुुमार हलुुवाई, इलाम ६ का २९ वर्षे विशाल नौभाङ, इलाम ७ का ४० वर्षे पवित्तर मल्लिक, इलाम ९ का ३९ वर्षे होमबहादुर खवास, फाकफोकथुम ३ का २३ वर्षे आदर्श राई, इलाम ४ का ३६ वर्षे यावद तिवारी, इलाम ६ का ३० वर्षे अर्जुन त्रिखत्री, सन्दकपुर २ की २५ वर्षे अन्जुु राई, इलाम १ का ३० वर्षे सागर संग्रौला, मिक्वाखोला–२ ताप्लेजुङका ३२ वर्षे तेजकुमार विक, इलाम–१२ का २८ वर्षे अनिष राई, इलाम ५ का २३ वर्षे मोहनकुमार लिम्बू, झापा पृथ्वीनगर घर भई इलाम ५ बस्ने ४३ वर्षे सुरज गुरुङ, इलाम ९ का ४६ वर्षे टीकाराम चौहान र इलाम–९ का ३६ वर्षे सबिन राई रहेको इलामका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

आन्दोलनका क्रममा भदौ २४ गते प्रर्दशनकारीले नगरपालिकाका सम्पूूर्ण कागजात बाहिर निकालेर आगो लगाएका थिए भने नगरपालिकाकोे भवनभित्रै पसेर आगो लगाउँदा नगरपालिकामा क्षति पुुगेको थियो । यस्तै जिल्ला निर्वाचन कार्यालय इलामका पनि सबै कागजात र त्यहाँ रहेको सवारीमा समेत क्षति पुुगेको थियो ।

यस्तै, प्रर्दशनकारीले करदाता सेवा कार्यालयमा पनि क्षति गरेका थिए । करदाता सेवा कार्यालयका सबै कागजात बाहिर निकालेर प्रर्दशनकारीले आगो लगाएका थिए । कार्यालयको सवारीमा समेत क्षति पुगेको थियो ।

प्रर्दशनकारीले जिल्ला प्रशासन कार्यालय इलामको कार्यालयमा पनि ढुुङ्गा प्रहार गरी क्षति पुर्‍याएका थिए । प्रशासन कार्यालयको झ्यालका सिसाहरू फुटेका थिए । यस्तै जिल्लास्थित नेकपा एमाले पार्टीको पार्टी कार्यालय, कांग्रेसको पार्टी कार्यालय, नारायणस्थानमा रहेको तात्कालिन नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड गरेर कागजातमा आगो लगाएका थिए । कुलधारामा रहेको तात्कालीन नेकपा समाजवादीको पार्टी कार्यालयमा रहेको कागजात र फर्निचरहरूमा समेत प्रर्दशनकारीले आगो लगाएर ध्वस्त पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।