लोड हुँदैछ...

मेनु

ज्यान मार्ने उद्योग मुद्दामा १२ वर्ष कैद तोकिएका फरार प्रतिवादी झापाबाट पक्राउ

ज्यान मार्ने उद्योग मुद्दामा १२ वर्ष कैद तोकिएका फरार प्रतिवादी झापाबाट पक्राउ

झापा । ज्यान मार्ने उद्योग मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचथर जिल्ला साविक रानिटार गा.बि.स. वडा नं. ६ बस्ने पूर्ण गुरुङ रहेका छन्।
पाँचथर जिल्ला अदालतको मिति २०७५ बैशाक २४ गतेको फैसलाले गुरुङलाई ज्यान मार्ने उद्योग मुद्दामा १२ वर्ष कैद सजाय तोकेको थियो। फैसलापछि लामो समयदेखि फरार रहेका उनी झापामा लुकिछिपि बसेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले निगरानी बढाएको थियो।

जिल्ला प्रहरी कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय पाँचथर र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई आइतबार राति अन्दाजी पक्राउ गरेको हो। उनलाई झापाको शिवसताक्षी नगरपालिका वडा नं. २ स्थित ईन्द्रेणी चोकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका गुरुङलाई हाल इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ। उनलाई अदालतको फैसला कार्यान्वयन गराउनका लागि सम्बन्धित कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।