लोड हुँदैछ...

मेनु

एनपिएल क्वालिफायर: बराबरीको ‘हेड टु हेड’ नतिजाबीच सुदूरपश्चिम र विराटनगरको आक्रमक भिडन्त आज

एनपिएल क्वालिफायर: बराबरीको ‘हेड टु हेड’ नतिजाबीच सुदूरपश्चिम र विराटनगरको आक्रमक भिडन्त आज

विराटनगर । नेपाल प्रिमियर लिग (एनपिएल) २०२५ को पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स आमनेसामने हुँदैछन् । हालसम्म दुई पटक मात्र भिडेका यी दुई टोलीको ‘हेड टु हेड’ नतिजा १-१ को बराबरीमा रहेकाले आजको खेल निकै रोमाञ्चक र प्रतिष्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

त्रिवि क्रिकेट मैदानमा अपरान्ह ४ बजे सुरु हुने यस खेलको विजेताले सिधै फाइनलमा स्थान सुरक्षित गर्नेछ । लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिममाथि प्रभावशाली जित निकालेको विराटनगर उच्च मनोबलका साथ मैदान उत्रँदैछ। उता, लिग चरणमा लगातार ६ खेल जितेको सुदूरपश्चिम, अन्तिम खेलको हार बिर्सेर फाइनल पुग्ने लक्ष्यमा छ ।

कप्तान सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगरसँग फाफ डुप्लेसी र मार्टिन गप्टिलजस्ता आक्रमक विदेशी खेलाडी छन् । यता दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले क्रिस लिनको स्थानमा सेल्डन ज्याक्सन र मुख्तार अहमदलाई भित्र्याएको छ। दुवै टोली ब्याटिङ र बलिङमा सन्तुलित तथा आक्रमक देखिएकाले खेल ‘हाइ भोल्टेज’ हुने पक्का छ । आज पराजित हुने टोलीले भने फाइनल प्रवेशका लागि अर्को एउटा मौका पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।