विराटनगर । विराटनगरमा सम्पन्न ‘विराटनगर फुटसल लिग’ (बिएसएल) को उपाधि एबि फाइभ (AB5) एफसीले जितेको छ।
विराटनगरस्थित फुटसल मैदानमा भएको फाइनल भिडन्तमा अन्नपूर्ण एफसीलाई ७–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै एबि फाइभले उपाधि जितेको हो। यो ऐतिहासिक जितसँगै एबि फाइभ एफसीले लगातार दोस्रो पटक बिएसएलको उपाधि रक्षा गर्दै आफ्नो दबदबा कायम राखेको छ।
उपाधिसँगै विजेता एबि फाइभले ट्रफी र नगद ४५ हजार रुपैयाँ प्राप्त गरेको छ। यता, लिगमा पहिलो पटक सहभागिता जनाएर फाइनलसम्मको यात्रा तय गरेको अन्नपूर्ण एफसी उपविजेता बनेको छ। उपविजेता अन्नपूर्णले नगद २१ हजार रुपैयाँ प्राप्त गर्यो।
व्यक्तिगत विधामा उत्कृष्ट खेलाडीहरू
फाइनल खेलसँगै सिजनभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि पुरस्कृत गरिएको छ। प्रतियोगिताको सर्वाधिक गोलकर्ता (हाइएस्ट गोल स्कोरर) को उपाधि स्टार ब्वाइज एफसीका हिमेश पौडेलले जितेका छन्।
त्यस्तै, उत्कृष्ट गोलरक्षक (बेस्ट गोलकिपर) को उपाधि उपविजेता टोली अन्नपूर्ण एफसीका विशाल धामीले प्राप्त गरे। फाइनलमा टोलीले फराकिलो हार व्यहोरे पनि प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका धामीले यो व्यक्तिगत उपाधि हात पारेका हुन्।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।