लोड हुँदैछ...

मेनु

गाँजा बोकेको ट्रक र विभिन्न लागुऔषधसहित ११ पक्राउ

गाँजा बोकेको ट्रक र विभिन्न लागुऔषधसहित ११ पक्राउ

विराटनगर । मोरङको रतुवामाईबाट गाँजा बोकेको ट्रकसहित दुई जना तथा झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जनालार्ई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको रतुवामाई नगरपालिका १ बाट ६७८ किलोग्राम लागूऔषध गाँजा बोकेको ट्रकसहित २ जनालाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले प्र.१–०१–००१ख ३८२५ नम्बरको ट्रकलाई चेकजाँच गर्दा फल्स डाला जोडेर लुकाएको ६७८ किलोग्राम लागूऔषध गाँजा बरामद गरेको हो । गँजा बरामद भएसँगै ट्रकचालक धनकुटा सहिदभूमि गाउँपालिका २ का समेल राई र सोही ट्रकमा सवार सहिदभूमि गाउँपालिका १ का विक्रम विशुङ्खेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै आइतबार जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुर नगरपालिका ९ का सायर घिमिरे, सुशिल घिमिरे र पुर्णीमा पराजुलीलाई ८४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । यसैगरी इलाका प्रहरी कार्यालय दमकले दमक ५ का निरज मुखियालाई १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित लागूऔषध ट्रामाडोल २७ क्याप्सुल र डाईक्लोमाइन २६ ट्याबलेट सहित उनकै घरबाट पक्राउ गरेको छ ।

चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे १ का देव लिम्बुलाई १६० मिलिग्राम ब्राउन सुगरसहित र इलाका प्रहरी कार्यालय रानी (सिमा)ले धरान १३ का गंगाराज राईलाई लागूऔषध २३ एम्पुल सहित नियन्त्रणमा लिएको छ । सोही दिन सुनसरीको बराहक्षेत्र नगरपालिका ११ बाट प्रहरी चौकी मधुवनले १९ किलोग्राम गाँजासहित कोशी गाउँपालिका ६ का रामनाथ यादव र भारत बिहारका भुषण कुमार यादवलाई प्रदेश १–०५–००१ प ३४९४ नम्बरको मोटरसाईकलसहित नियन्त्रणम लिएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीले पनि इटहरी ४ बाट धनकुटा साँगुरिगढी गाउँपालिका १० का बिरेन्द्र राईलाई ५ किलोग्राम गाँजासहित पक्राउ गरेको छ । पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।