लोड हुँदैछ...

मेनु

लेउती खोलाको झोलुङ्गे पुलबाट खसेर महिलाको मृत्यु

लेउती खोलाको झोलुङ्गे पुलबाट खसेर महिलाको मृत्यु

विराटनगर । धनकुटाको साँगुरीगढी गाउँपालिकाको लेउती खोलाको झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं. ६ की ७८ को बिसमाया लिम्बुको झोलुङ्गे पुलबाट खसेर घटनास्थलमै मृत्यु भएको हो ।

आइतबार साँझ साँगुरीगढी गाउँपालिका वडा नं. ४ को लेउती खोलाको झोलुङ्गे पुल तर्ने क्रममा अचनाक पुलबाट उनी खोलामा खसेकी थिइन् ।

प्रहरीका अनुसार पुल तर्ने क्रममा लिम्बु अचानक पुलबाट चिप्लिएर लड्नु भएको धनकुटा प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।