विराटनगर । सुनसरीको धरान–१३ गोर्खा वेल्फेयर मोड नजिकै भएको दुर्घटनामा निधन भएका व्यक्ति विराटनगरका रोहन कामत भएको खुलेको छ।
शनिबार साँझ पिकअप पल्टिएर भएको दुर्घटनामा विराटनगर–६ सरस्वती टोलका २१ वर्षीय कामतको घटनास्थलमै मृत्यु भएको हो ।
पिकअपमा १२ जना सवार रहेका थिए। दुर्घटनापछि घाइते ११ जनालाई उद्धार गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो । एकजनाको मृत्यु तत्काल भएपनि पहिचान खुलेको थिएन।
इलाका प्रहरी कार्यालय धरानले घाइतेमध्ये ५ जनालाई गम्भीर अवस्थामा विराटनगर पठाइएको र ३ जना सामान्य घाइते डिस्चार्ज भएको जनाएको छ । थप ४ जनाको प्रतिष्ठानमै उपचार जारी छ।
घाइते चालक जीवनकुमार श्रेष्ठका अनुसार यात्रुहरू भेडेटारमा लिफ्ट मागेर पिकअप चढेका थिए। भेडेटार नजिकै गाडी बिग्रिएपछि धरानबाट मेकानिक ल्याई मर्मत गरेर फर्किने क्रममा दुर्घटना भएको उनले बताए।
पिकअप दुर्घटनामा इटहरी, विराटनगर र दुहबीका गरी ११ जना घाइते भएका थिए । गम्भीर घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि प्रतिष्ठान पुर्याइएको प्रहरीले जनाएको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।