लोड हुँदैछ...

मेनु

धरानबाट डेढ क्विन्टल गाँजासहित तीन पक्राउ

धरानबाट डेढ क्विन्टल गाँजासहित तीन पक्राउ

धरान । सुनसरीको धरानस्थित एक ग्यारेजबाट १४९ किलो गाँजासहित तीन जना पक्राउ परेका छन् ।

धरान उप–महानगरपालिका–१ कृषि बजार नजिक रहेको एक ग्यारेजबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।

विशेष सूचनाका आधारमा छापा मारेर १४९ किलो गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ । ‘साफिर’ नामक सवारी मर्मत गर्ने ग्यारेजमा गाँजा ओसारपसार हुँदै गरेको भन्ने जानकारी पाएपछि वडा प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले चेकजाँच तथा खानतलासी गर्दा गाँजा बरामद गरेको हो ।

मे १–ज २०१८ नम्बरको सवारी साधनबाट ठूलो परिमाणमा गाँजा अनलोड भइरहेकै अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनकुटा साँगुरीगढी गाउँपालिका–४ का २९ वर्षीय इन्द्रकुमार लिम्बु, सहिदभूमि गाउँपालिका–४ का २५ वर्षीय जिबसन राई र भारत उत्तर दिनाथपुर जिल्ला रामगंज थाना सुजाली ग्रामथानका २५ वर्षीय साफिर आलम रहेका छन् ।

बरामद गाँजा, सवारी साधन र पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गाडीका चालक भने फरार भएकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।