विराटनगर । शिक्षामन्त्री महावीर पुनले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावित नयाँ निवासको भव्य डिजाइनप्रति तिखो व्यंग्य गरेका छन्। ‘बुढाबुढी’ मात्रै रहेको सानो परिवारका लागि अस्वाभाविक रूपमा ठूलो र विलासी घरको नक्सा बनाइएको भन्दै उनले इन्जिनियरमाथि नै कारबाही को माग गरेर रोचक कटाक्ष गरेका हुन्।
सामाजिक सञ्जाल फेसबुकमा ‘एकछिन रमाइलो’ भन्दै मन्त्री पुनले ओलीको घरको नक्सा कोर्ने इन्जिनियरले ‘मालिकको आदेश’ पालना नगरेको भन्दै व्यंग्यात्मक शैली अपनाएका छन्। उनले कम्युनिष्ट नेता र सामान्य जीवनशैलीको अपेक्षाविपरीत दरबारजस्तो नक्सा आएकोतर्फ संकेत गर्दै दोष जति इन्जिनियरको टाउकोमा हालेर नेतृत्वको विलासिताप्रति प्रश्न उठाएका छन्।
मन्त्री पुनले व्यंग्य गर्दै लेखेका छन्, ‘यो नक्सा डिजाइन गर्ने इन्जिनियरलाई सख्त कारबाही गर्नुपर्छ। अनि घोर बेइजती तथा मानहानीको मुद्दा लगाउनु पर्छ भन्ने मेरो माग छ।’
उनले अगाडि प्रश्न गरेका छन्, ‘हाकिमले २ जना (पति–पत्नी) बस्ने कुटीको नक्सा बनाएर ल्याऊ भनेपछि यत्रो ठूलो दरबारको नक्सा बनाइदिनु हुन्छ त उसले ? कहाँसम्मको लापरवाही हो यो ?’



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।