विराटनगर। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज जारी खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३३ रनको चुनौती दिएको छ ।
कीर्तिपुरस्थित मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १३२ रन बनाएको हो ।
जनकपुरका लागि संगीत कुरेले सर्वाधिक ४४ रन बनाए भने मयन यादवले २७ रन जोडे । ओपनर आशिफ शेखले २० रन जोड्दा सञ्जय कृष्टमूर्तिले १४ रन बनाएका थिए ।
जनकपुरलाई सस्तैमा समेट्न लुम्बिनीका लागि रोहित पौडेल र शेर मल्लले समान दुईदुई विकेट हात पार्दा रुबेन ट्रम्पेलम्यान र जेजे स्मिथले एकएक विकेट लिएका थिए ।
छ खेलबाट छ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न आजको खेल जित्नुपर्ने दबाब छ । आजको खलमा लुम्बिनी विजयी भए एनपिएलको यो सिजनाबाट पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरने छन् । आजको खेलमा जनकपुर विजयी भए अङ्कतालिका रोमाञ्चक हुनेछ । जनकपुरको हालसम्म पाँच खेलबाट दुई अङ्क मात्रै छ ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।