मोरङको मझारेमा दाजुले छुरा प्रहार गर्दा भाईको मृत्यु

मोरङको मझारेमा दाजुले छुरा प्रहार गर्दा भाईको मृत्यु

विराटनगर । मोरङको जहदा गाउँपालिका–७ तरिगामास्थित मझारेमा दाजुले छुरी प्रहार गर्दा भाइको मृत्यु भएको छ ।

बुधबार राति आपसी विवादमा ३० वर्षीय राजुकुमार साहले छुरी प्रहार गर्दा २८ वर्षीय श्रवण साहको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

घटनामा गम्भीर घाइते भएका श्रवणलाई तत्कालै विराट मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा राति नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा रहेका प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार आपसी विवाद चर्किएपछि राजुले श्रवणको छातीमा छुरी प्रहार गरेका थिए। मृतक र अभियुक्तको घर नजिकै रहेको र घटनापछि राजु भागेको प्रहरीले जनाएको छ ।

घटनास्थल भारतीय सीमाबाट करिब ५० मिटरमै भएकाले राजु छुरा प्रहारपछि भारततर्फ भागेको देखिएको प्रहरीको भनाइ छ। घटनाको थप अनुसन्धान भइहरेको र भारतीय सुरक्षा निकायसँग समन्वय गरि आरोपीलाई पक्राउ गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्