यस वर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने, तापक्रम भने बढ्ने

यस वर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने, तापक्रम भने बढ्ने

विराटनगर । जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँद ९मङ्सिर १५ देखि फागुन १६ गतेसम्म० मा देशका अधिकांश भू–भागमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ। वर्षा कम हुने भए पनि दिन र रातको तापक्रम भने औसतभन्दा बढी नै रहने विभागले जनाएको छ।
विभागले बुधबार सार्वजनिक गरेको मौसमी आकलनअनुसार यस हिउँदमा सुदूरपश्चिम र कर्णाली प्रदेशका उत्तरी भू–भाग तथा गण्डकी प्रदेशका उत्तर–पश्चिम भू–भागमा वर्षाको अवस्था मिश्रित रहने सम्भावना छ। विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार सुदूरपश्चिमको पूर्वी तथा दक्षिणी भेग, कर्णाली र बाग्मतीको दक्षिण, लुम्बिनीको पश्चिम, मधेशको उत्तर र कोशी प्रदेशको मध्य तथा पूर्वी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको छ।

यसैगरी, सुदूरपश्चिम र कर्णालीको मध्य भू–भाग, लुम्बिनीको मध्य–पूर्वी, गण्डकीको पूर्वी, बाग्मतीको मध्य–उत्तरी, मधेशको दक्षिणी र कोशीका केही भू–भागमा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ। देशका बाँकी स्थानमा पनि कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ।
जाडोयाममा पनि तापक्रम बढ्ने

यसपालि जाडोयाममा पनि दिनको (अधिकतम) र रातको (न्यूनतम) तापक्रम सरदरभन्दा बढी नै रहने देखिएको छ। गण्डकीको उत्तरी र दक्षिणी भेग, बाग्मतीको दक्षिण र कोशीको उत्तरी तथा दक्षिण–पश्चिम भू–भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ। कर्णाली र लुम्बिनीको उत्तरी भेग तथा कोशी, बाग्मती र गण्डकीका बाँकी भू–भागमा यो सम्भावना ४५ देखि ५५ प्रतिशत छ।

यद्यपि, लुम्बिनीको दक्षिण र मधेश प्रदेशमा भने अधिकतम तापक्रमको अवस्था सरदर वा सोभन्दा कमरबढी हुने समान सम्भावना रहेको छ। न्यूनतम तापक्रम भने देशभर नै सरदरभन्दा बढी हुने सम्भावना छ। सुदूरपश्चिमको उत्तरी र दक्षिण–पश्चिम, कर्णालीको मध्य–उत्तरी, लुम्बिनी र मधेशका अधिकांश भू–भाग, बाग्मतीको उत्तर–पूर्व र दक्षिण–पश्चिम तथा कोशीको दक्षिण र उत्तर–पश्चिम भू–भागमा न्यूनतम तापक्रम औसतभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको विभागले उल्लेख गरेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्