मोरङबाट ३० हजार क्याप्सुल प्रतिबन्धित औषधी ट्रामोल बरामद

मोरङबाट ३० हजार क्याप्सुल प्रतिबन्धित औषधी ट्रामोल बरामद

विराटनगर । मोरङ प्रहरीले करिब ३० हजार क्याप्सुल प्रतिबन्धित औषधि ट्रामल बरामद गरेको छ।

मोरङको धनपालथान गाउँपालिका-१ गडेरीया स्थितबाट बेबारीसे अवस्थामा रहेको प्रतिबन्धित औषधी ट्रामोल २९ हजार ६ सय ८० क्याप्सुल प्रहरीले बरामद गरेको हो ।

बिशेष सूचनाको आधारमा प्रहरी चौकी गडेरीयाबाट खटिएको टोलीले मङ्गलबार धनपालथान गाउँपालिका-१ गडेरीया टोल स्थित बाँसको झ्याङमा २ वटा झोलामा बेवारिसे अवस्थामा रहेको प्रतिबन्धित औषधि ट्रामोl बरामद गरेको हो । लागू औषध बरामद भएसंगै ओसारपसारमा संलग्न व्यक्तिको खोजतलास तथा थप अनुसन्धान भईरहेको छ ।

यस्तै, चेकजाँचको क्रममा सुनसरीको अस्थायी प्रहरी बिट जोरसखुवाले धरान-१३ स्थितबाट प्रतिवन्धित औषधी २७६ चक्की सहित १ जनालाई पक्राउ गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्