महानगरका किसानलाई ५० प्रतिशत अनुदानमा गहुँ र मकैको बिउ वितरण

महानगरका किसानलाई ५० प्रतिशत अनुदानमा गहुँ र मकैको बिउ वितरण

विराटनगर । विराटनगर महानगरपालिकाले ५० प्रतिशत अनुदानमा गहुँ र मकैको बिउ वितरण सुरु गरेको छ ।

महानगर परिसरमा आयोजित कार्यक्रममा उपमेयर शिल्पा निराला कार्की र आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, आर्थिक विकास महाशाखा प्रमुख प्रतीक गड्तौलाले अनुदानको बिउ वितरण सुरु गरेका हुन् ।

कृषिप्रति आकर्षण जगाउन अनुदानमा बिउ वितरण गरिएको महानगरले जनाएको छ । १० हजार ६ सय ३८ केजीगहुँ र ७ सय १४ केजी मकैको बिउ वितरण गरिएको कृषि तथा पशुपन्छी शाखाका संयोजक हीरालाल यादवले जानकारी गराए । ३६ समूह र १० जना कृषकलाई बिउ वितरण गरिनेछ ।

महानगर क्षेत्रभित्र ९ सय हेक्टरमा गहुँ र ३ सय हेक्टरमा मकै खेती हुने गरेको यादवले जानकारी दिए । वडाको सिफारिसका आधारमा १० जना कृषकलाई पनि बिउ वितरण गरिनेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्