लोड हुँदैछ...

मेनु

जेनजी आन्दोलनमा लुटिएको ५८ राउण्ड गोली बरामद

जेनजी आन्दोलनमा लुटिएको ५८ राउण्ड गोली बरामद

विराटनगर । जेनजी आन्दोलनका क्रममा लुटिएको ठूलो सङ्ख्याका गोलीहरू बेवारिसे अवस्थामा झापाको दमकमा फेला बरामद भएको छ ।

दमक नगरपालिका–७ स्थित पशुहाट बजार क्षेत्रमा सेतो प्लास्टिकको पोकाभित्र गोली देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कुल ५८ राउण्ड गोली बरामद गरेको जनाएको छ । तीमध्ये ७.६२ एमएमको ३०३ राइफलका ८ थान छन् ।

प्रहरीका अनुसार यी गोलीहरू जेनजी आन्दोलनको समयमा लुटिएका हुन् । बरामद गरिएका ५८ राउण्ड गोली आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।