लोड हुँदैछ...

मेनु

शैक्षिक भ्रमणबाट फर्किएका विद्यार्थी चढेको बस दुर्घटनामा २९ घाइते

शैक्षिक भ्रमणबाट फर्किएका विद्यार्थी चढेको बस दुर्घटनामा २९ घाइते

विराटनगर । तेह्रथुमबाट शैक्षिक भ्रमण सकेर फर्किदै गरेको बस आइतबार दिउँसो धनकुटामा दुर्घटना हुँदा कम्तीमा २९ विद्यार्थी तथा शिक्षक घाइते भएका छन् ।

को १ ख ५३१३ नम्बरको बस कोशी लोकमार्गअन्तर्गत धनकुटा नगरपालिका–७ रमाइलो घुम्तीमा अनियन्त्रित भई सडकबाट तल खसेको प्रहरीले जनाएको छ।

बस सुनसरीको रामधुनी नगरपालिका–५ स्थित पिंक लोटस इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थी र शिक्षक बोकेर तेह्रथुमबाट सुनसरीतर्फ फर्किरहेको थियो । दुर्घटनापछि कतिपय घाइते आफैं उपचारका लागि अस्पताल पुगेकाले घाइतेको संख्या अझै बढ्न सक्ने प्रहरीको अनुमान छ।

दुर्घटनाग्रस्त बसमा चालकसहित करिब ४१ जना सवार रहेको जानकारी प्रहरीले प्राप्त गरेको छ। सडकबाट तल खसेको बसले बाटोनजिकको एक घरमा समेत ठक्कर दिँदै कोठा भत्काएको छ । बस र घर दुवैमा क्षति पुगेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएकाहरूलाई स्थानीयवासी र प्रहरीको सहयोगमा उद्धार गरी धनकुटा अस्पताल पुर्‍याइएको थियो । दुर्घटनाको कारण खुलेको छैन । घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।