लोड हुँदैछ...

मेनु

धरानमा बेवारिसे अवस्थामा बन्दुक भेटियो

धरानमा बेवारिसे अवस्थामा बन्दुक भेटियो

धरान । सुनसरीको धरान उपमहानगरपालिका–६ पानवारीमा एक थान भरुवा बन्दुक फेला परेको छ ।

पानवारीस्थित राय चौरीमा प्रहरीको टोलीले बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पारेको हो ।

स्थानीयवासीले दिएको सूचनाको आधारमा राय चौरी खेल–मैदानको उत्तरतर्फको बाँसको ठुटाहरूभित्र लुकाई राखिएको एक नाल भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । भरुवा बन्दुक कसले राखेको हो भन्ने विषयमा खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।