मोरङ कारागारका एक कैदीको मृत्यु

मोरङ कारागारका एक कैदीको मृत्यु

विराटनगर । मोरङ कारागारमा कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ ।

कारागारमा १० वर्षको कैद सजाय ताकिएका ६६ वर्षीय हर्कजंग लिम्बुको बिहीबार बिहान मृत्यु भएको हो ।

कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा उनको मृत्यु भएको हो । मोरङ, पथरीशनिश्चरे नगरपालिका–५ घर भएका लिम्बु २०८० साउन २८ गतेदेखि कारागारमा थिए ।

मोरङ कारागारका जेलर गौरव ढुँगेलका अनुसार लिम्बुलाई गत असोज ७ गते शरीर सुन्निने र छाती दुख्ने समस्या देखिएको थियो । लगत्तै स्वास्थ्यमा समस्या आएपछि उनलाई प्रहरी टोलीको निगरानीमा कोशी अस्पताल भर्ना गरेर उपचार सुरु गरिएको थियो ।

उपचारको क्रममा लिम्बुको बिहान ४ः२० बजे मृत्यु भएको हो । उनको शव हाल पोष्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्