विराटनगर । आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बिहान ८ बजे जारी गरेको बुलेटिन अनुसार बुधबार देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन
आज राति कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहने उल्लेख गरिएको छ। अन्य प्रदेशमा भने मौसम सफा रहने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले देशभर स्थिर अवस्था रहेकाले ठूलो वर्षा वा बदली प्रणाली सक्रिय हुने सम्भावना देखिएको छैन।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!