धरान । अवैध लागुऔषध गाँजा सहित सुनसरीको धरानबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धरानतर्फ आउँदै गरेको को १ ज २१७८ नम्बरको यात्रुवाहक गाडी चेकजाँच गर्ने क्रममा प्रहरीले ५० केजी गाँजा बरामद गरेको हो।
गाँजा सहित पक्राउ पर्नेमा गाडी चालक धनकुटा जिल्ला सागुरीगढी गाउँपालिका–९ का खड्गबहादुर मगराती र सहचालक दुर्गे विक रहेका छन्। उनीहरूलाई विष्णुपादुका प्रहरी चौकीले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक (डीएसपी) भीषणबाबु राईका अनुसार चेकजाँचका क्रममा गाडीको पछाडिको भागबाट दुई जना हाम फालेर भागेका छन्। उनीहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले प्लास्टिकमा प्याक गरिएको अवस्थामा ५० केजी गाँजा फेला पारेको हो। पक्राउ परेकासँगै दुई थान मोबाइल फोन पनि बरामद गरिएको प्रहरीले बताएको छ।
हालै सुनसरीका विभिन्न स्थानहरूमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा नियन्त्रणमा लिँदै आएको र यससम्बन्धी अनुसन्धान तथा निगरानी अझ कडा बनाइएको प्रहरीले जानकारी दिएको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।