लोड हुँदैछ...

मेनु

सुमनराज अर्याल मुख्यसचिवमा नियुक्त

सुमनराज अर्याल मुख्यसचिवमा नियुक्त

काठमाडौं । सरकारले रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याललाई मुख्यसचिव नियुक्त गरेको छ ।आजै बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्ति गरेको हो।

मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हद पूरा गरेर मंसिर १० गते अनिवार्य अवकाशमा जाने भएपछि आजै अर्याललाई नियुक्त गरिएको हो। हाल रक्षा मन्त्रालयमा रहेका उनी वरीयताको आधारमा सबैभन्दा मजबुत सचिव मध्येमा पर्थे।

अर्याल यसअघि थोरै समय राष्ट्रिय योजना आयोगको सचिव, त्यसअघि युवा तथा खेलकुद मन्त्रालयको सचिव, त्यस अघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव र त्यसअघि कोशी प्रदेश सरकारको प्रमुख सचिव भइसकेका व्यक्ति हुन् ।

सरकारले वरिष्ठता, समन्वय क्षमता, संस्थागत बुझाइ र कार्यक्षमताको मूल्यांकन गरेर अर्याललाई कर्मचारीको उच्च नेतृत्व सुम्पिएको हो । मुख्यसचिवका लागि अर्यालसँगै प्रमिला देवी बज्राचार्य, मधुसूदन बुर्लाकोटी र डा. कृष्णहरि पुष्करको नाम चर्चामा थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds