लोड हुँदैछ...

मेनु

बाढीपीडितलाई कम्बल र इमरजेन्सी सेट वितरण

बाढीपीडितलाई कम्बल र इमरजेन्सी सेट वितरण

इलाम । इलाम नगरपालिका–८ का बाढी प्रभावित बासिन्दालाई राहत वितरण गरिएको छ ।

रोटरी क्लब अफ काठमाडौँ र भोलेन्टियर कर्प अफ नेपालले इलाम ग्रीन मिडिया प्रालिको संयोजनमा प्रभावित नागरिकलाई सामग्री वितरण गरेको हो ।

वडाका १० टोल संस्थाका १४० परिवारलाई जाडोका लागि ओढ्ने कम्बल तथा ब्रिटिस एड्सले उपलब्ध गराएको इमरजेन्सी सेट हस्तान्तरण गरिएको इलाम मिडिया प्रालिका सञ्चालक राजेश पराजुलीले बताए । उनका अनुसार जिल्लाका अन्य स्थानहरूमा पनि विभिन्न राहत सामग्री वितरण गरिएको छ ।

राहत वितरण कार्यक्रममा भोलेन्टियर कर्पका दीपक चापागाईं र रोटरी क्लब अफ काठमाडौँका पारष रानाको सहभागिता रहेको थियो । इलाम नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी दाहाल, वडाध्यक्ष दलमान तामाङलगायतले पीडित बासिन्दालाई राहत हस्तान्तरण गरेका थिए ।

बाढीपछि इलामलाई सङ्कटग्रस्त जिल्ला घोषणा गरिएको छ। तर, पर्याप्त राहत नपुग्दा पीडितको समस्या यथावत् रहेको छ । संघीय सरकारले हालसम्म ५ करोड ३२ लाख रुपैयाँ राहत उपलब्ध गराएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।