लोड हुँदैछ...

मेनु

झापामा एक व्यक्तिको शंकास्पद मृत्यु, दूई जना पक्राउ

झापामा एक व्यक्तिको शंकास्पद मृत्यु, दूई जना पक्राउ

झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं. ७ मा एक व्यक्तिको शंकास्पद मृत्यु भएको छ । उक्त घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

शनिबार राती ११ बजे बिर्तामोड नगरपालिका वडा नं. ७ मियाबारीमा रेखाखोला नजिक सोहि पालिकाको वडा नं. ६ बस्ने ५२ वर्षीय आनन्द चौधरीको शव फेला परेको थियो ।

प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा ४८ वर्षीय पुरन चौधरी ३२ वर्षीय श्याम चौधरी पक्राउ परेका छन् । शवको पोष्टमार्टमका लागि कोशी प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।