विराटनगर । नेपाली कांग्रेसले आगामी राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनका प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आइतबार बिहान ११ बजे औपचारिक रूपमा दल दर्ता निवेदन आयोगमा पेश गरिएको हो।
मुख्यसचिव पौडेलले सेतोपाटीसँग कुराकानी गर्दै भने, “राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजननिम्ति दल दर्ता निवेदन आयोगमा दिइएको छ।” यसअघि निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनमा भाग लिन दल दर्ता गर्ने अन्तिम म्याद आजसम्म तोकेको थियो।
प्रतिनिधि सभा निर्वाचनका लागि भने मंसिर १० गतेसम्म दल दर्ता गर्न सकिने व्यवस्था छ। राष्ट्रिय सभा निर्वाचन माघ ११ गते र प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते तोकिएको छ।
नेपाली कांग्रेसले शनिबार बसेको केन्द्रीय समिति बैठकले आमनिर्वाचनमा जाने र त्यसअनुसार दल दर्ता गर्ने निर्णय गरेको थियो। कांग्रेसका उम्मेदवारलाई दिइने टिकटमा सभापति शेरबहादुर देउवाको हस्ताक्षर रहनेछ।
प्रतिनिधि सभा निर्वाचनअघि पार्टीको १५औँ महाधिवेशन वा विशेष महाधिवेशन भएर नेतृत्व परिवर्तन भएमा, नयाँ नेतृत्वले नै उम्मेदवारलाई प्रदान गरिने टिकटमा हस्ताक्षर गर्नेछ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।