लोड हुँदैछ...

मेनु

प्रतिबन्धित ‘भारतीय लक्की ड्र’ कुपनसहित चार भारतीय पक्राउ

प्रतिबन्धित ‘भारतीय लक्की ड्र’ कुपनसहित चार भारतीय पक्राउ

विर्तामोड । नेपालमा प्रतिबन्धित भारतीय लक्की ड्र कुपनसहित झापाको विर्तामोडबाट चार भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ स्थित हाङ्मा होटलबाट भारत बिहार राज्यको सितामणीका गरिब साह, भोलाकुमार, विकाशकुमार, तथा अमोल गुप्तालाई पक्राउ गरिएको हो ।

कपडा किन्दा उपहार पाइने भनेर ठगी गर्ने कार्यका लागि प्रयोग गर्ने लक्की ड्र कुपन र कपडासहित अस्थायी प्रहरी पोष्ट विर्तामोडले उनीहरुलाई नियन्त्रणमा लिएको हो। प्रहरीले नियन्त्रणमा लिएका भारतीय नागरिकहरुको साथबाट ३ हजार थान कुपन, बिलविनाका ४८ थान कुर्ता–सुरुवाल र १० थान ग्यास चुलो बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार बरामद सामग्रीसहित उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।