कस्तो रहला आजको मौसम

कस्तो रहला आजको मौसम

विराटनगर । देशको अधिकांश भू–भागमा मौसम सफा देखि सामान्य रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आगामी २४ घण्टासम्म देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको महासाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ। यी क्षेत्रबाहेक अन्य पहाडी तथा तराईका अधिकांश स्थानमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ ।

आज राति पनि कोशी प्रदेशका पहाडी र हिमाली भू–भागमा आंशिक बदली रहने जनाइएको छ। अन्य प्रदेश तथा भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाले देशभर तत्काल प्रभाव पार्ने कुनै सक्रिय मौसम प्रणाली नरहेकाले स्थिर तथा सामान्य मौसम रहने उल्लेख गरेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्