लोड हुँदैछ...

मेनु

एकीकृत समाजवादी पुनर्गठन अभियान विराटनगरको संयोजकमा घिमिरे

एकीकृत समाजवादी पुनर्गठन अभियान विराटनगरको संयोजकमा घिमिरे

विराटनगर । नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान विराटनगरको संयोजकमा कविराज घिमिरे चयन भएका छन्। विराटनगरमा भएको एक भेलाबाट घिमिरेको संयोजकत्वमा ३१ सदस्यीय आयोजक कमिटी गठन गरिएको हो।

नेता तथा अगुवा कार्यकर्ता भेलामा नेकपा एकीकृत समाजवादी पार्टी पुनर्गठन अभियानका नेता महेश रेग्मीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम भएको थियो। कार्यक्रममा भीम बास्नेत, मणि दाहाल, राजन केशी, डा. महेश न्यौपाने लगायतका नेताहरूको सहभागिता रहेको थियो। नेकपा एकीकृत समाजवादी पार्टी पुनर्गठन अभियानका केन्द्रीय सदस्य निलम ढुङ्गेलको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो।

कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियानका नेता महेश रेग्मीले कम्युनिस्ट पार्टीभित्र मौलाएको विकृति विसंगतीको भण्डाफोर गर्दै समाजमा योगदान पुर्याएका सच्चा छवि भएका व्यक्तिहरूलाई समेटेर समाजवादी पुनर्गठन अभियानमा जोडेर लैजाने बताए।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

धर्मराज निराैला
November 22, 2025 8:15 PM

धेरै अनुभवि युवा विचार भएकाे कविराज कमरेडले माेरङ्गका सिर्जनसिल नवयुवाहरुकाे टिम संगठित गरि उनिहरुकाे सच्चा सहयाेगिभै साँच्चै समाज परिवर्तनमा जुट्न जुटाउन सक्नु हुनेछ भनी बिश्वास एवं शुभकामना ब्यक्त गर्दछु।

प्रतिक्रियाहरू बन्द छन्।