मोरङमा ४४ हजार ४०३ जना नयाँ मतदाताले गरे नाम दर्ता

मोरङमा ४४ हजार ४०३ जना नयाँ मतदाताले गरे नाम दर्ता

विराटनगर । फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनका लागि मोरङबाट १६ हजार ४१३ जना मतदाताले नाम दर्ता गराएका छन् ।

निर्वाचन आयोगले नयाँ मतदाताको लागि नाम दर्ता गर्न दिएको समय शुक्रबार सकिएको छ । नयाँ मतदाताको नाम दर्ता गराउने काम असोज १० गतेदेखि सुरु भएको थियो । प्रदेश निर्वाचन कार्यालय मोरङका अनुसार दर्ता गराउनेमध्ये महिला ७ हजार ७१६ र पुरुष ८ हजार ६९६ जना रहेका छन् । अन्य एकजना रहेका छन् ।

यस्तै अनलाइन प्रणालीमार्फत कात्तिक ३० गतेदेखि मंसिर ५ गतेसम्म २७ हजार ९८९ जनाले मतदाता नामावलीमा दर्ता गरेका छन्। एक जिल्लाबाट अर्को जिल्लामा नाम सार्नका लागि २ हजार ८६२ जनाले निवेदन दिएका छन् भने ५५१ जनाले नामावली सच्याउन अनुरोध गरेका छन्। दर्ता समय सकिएसँगै अब दर्ता भएका सबै विवरण रुजु गर्ने कार्य सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्