काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी (जसपा) बीचको एकतालाई शुक्रवार (आज) अन्तिम रूप दिइने भएको छ ।
बिहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा सहमतिको ड्राफ्ट तयार भइसकेको नेताहरुले जनाएका छन् । ड्राफ्टमा आवश्यक छलफल गरिसकिएको र त्यसलाई आज अन्तिम रूप दिइने नेता प्रकाश ज्वालाले जानकारी दिए ।
नेपाली विशेषताको समाजवादलाई क्रान्तिको कार्यदिशा बनाउने, नेकपाले मार्गदर्शक सिद्धान्त मानेको मार्क्सवाद र लेनिनवादमा जसपा पनि सहमत भएको,
पार्टी संगठन सञ्चालनको सिद्धान्त जनवादी केन्द्रीयता, यसअघि तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा एसलगायत दर्जन कम्युनिस्ट घटकबीच नेपाली कम्युनिस्ट पार्टी बनाउन भएको १८ बुँदे सहमति कार्यान्वयनमा दुवै पक्ष सहमत छन् ।
त्यस्तै जसपाका सबै केन्द्रीय सदस्य स्वतः नेकपाको पनि केन्द्रीय सदस्य हुने छन् ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!