बलात्कार आरोपी राई पक्राउ

बलात्कार आरोपी राई पक्राउ

उदयपुर । स्थानीय ५४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका एक व्यक्ति पक्राउ परेका छन् ।

लिम्चुङबुङ १ बाँसबोटे मिलनटोल बस्ने ५८ वर्षीय ज्ञानबहादुर राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

राईले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्