मोटरसाइकलबाट लडेर घाइते भएकी महिलाको मृत्यु

मोटरसाइकलबाट लडेर घाइते भएकी महिलाको मृत्यु

विराटनगर। झापाको अर्जुनधारामा मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ।

कात्तिक ३० गते अर्जुनधारा–६ कदमगाछीस्थित बिर्तामोड–शनिश्चरे सडक खण्डमा शनिश्चरेबाट बिर्तामोडतर्फ जाँदै गरेको मे १० प ८८४७ नम्बरको मोटरसाइकलबाट पछाडिबाट खसेर ५६ वर्षीया सरस्वती तामाङ (श्रेष्ठ) गम्भीर घाइते भएकी थिइन्।

अर्जुनधारा–८ बस्ने सरस्वतीलाई प्राथमिक उपचारपछि बीएण्डसी अस्पताल लगिएको थियो। उनको उपचारको क्रममा आज मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।

मोटरसाइकल सरस्वतीका देवर ५३ वर्षीय बिर्खबहादुर तामाङले चलाएका थिए। घटनाबारे चालकसँग आवश्यक प्रक्रिया पूरा गरिरहेको पनि प्रहरीले बताएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्