लागू औषध ब्राउन सुगर सहित ९ जना पक्राउ

लागू औषध ब्राउन सुगर सहित ९ जना पक्राउ

विराटनगर । झापा, सुनसरी र मोरङका विभिन्न स्थानबाट लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय भद्रपुर, झापाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले हल्दिबारी गाउँपालिका,–३ का धनबहादुर बन र हल्दिबारी–२ का राम मर्डीलाई ३ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी बिर्तामोड बसपार्क स्थितमा खटिएको प्रहरी टोलीले १ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर सहित बिर्तामोड–५ का आदेश दर्जिलाई नियन्त्रणमा लिएको हो भने कमल गाउँपालिका–३ का दिलिप कुमार भुजेललाई ८ ग्राम ३ सय ७० मिलिग्राम ब्राउन सुगर सहित जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको हो ।

यसका साथै जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरी– २० का गोबिन्द तामाङलाई ८ ग्राम ८९ मिलिग्राम ब्राउसुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको छ ।

उता, लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले लागू औषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१३ स्थित सडक किनारमा को.१४ प ४५८७ नम्बरको मोटरसाईकलमा संकास्पद गतिबिधी गरीरहेको अवस्थामा विराटनगर–८ का २८ बर्षीय अजय कुमार मुखिया र विराटनगर–१६ का अजय कुमार राउतलाई शंकालागी चेकजाँच गर्दा उनीहरुको साथबाट ब्राउन सुगर १४० ग्राम १८ मिलिग्राम बरामद भएको हो ।

यसैगरी लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र वडा प्रहरी कार्यालय विराटनगरबाट संयुक्त रुपमा चेकजाँचमा खटिएको प्रहरी टोलीले विराटनगर–११ बसपार्क स्थितबाट भारत अररियाका २८ वर्षीय मो. मोजाहित र २० वर्षीय राज कुमार दासको साथबाट १५२ ग्राम ब्राउन सुगर बरामद गरेको छ । ब्राउन सुगर सहित पक्राउ परेका उनीहरुको आवश्यक कानुनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्