अवैध गाँजाको बोट फडानी गरी नष्ट गर्दै प्रहरी

अवैध गाँजाको बोट फडानी गरी नष्ट गर्दै प्रहरी

विराटनगर । भोजपुर र धनकुटाका बिभिन्न स्थानहरुमा प्राकृतिक रुपमा आफैं उम्रिएका तथा रोपिएका अवैध गाँजाको बोट प्रहरीले फडानी गरि नष्ट गरेको छ ।

धनकुटा र भोजपुरमा करिब ११ रोपनी क्षेत्रफलमा लगाएको गाँजा प्रहरीले नष्ट गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

धनकुटाको इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी गाँउपालिका ३ सुर्केटार स्थित डाँडापाखाको करिव ४ रोपनी क्षेत्रफलमा रहेको १ हजार ५०० गाँजाको बोट फडानी गरेर हो । यस्तै, भोजपुरको हतुवागडी र आमचोक गाउँपालिकाका बिभिन्न स्थानका करिव ७ रोपनी क्षेत्रफलमा रहेका ७५० वटा गाँजाको बोट इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ र अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको प्रहरी टोलीले फडानी गरि नष्ट गरेको छ ।