लोड हुँदैछ...

मेनु

वामदेव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकरण अभियान खारेज

वामदेव  नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकरण अभियान खारेज

काठमाडौँ। वामदेव गौतम नेतृत्वको ‘नेपाल कम्युनिस्ट पार्टी एकीकरण अभियान’ नामक पार्टी खारेज भएको छ । गौतमले पार्टी खारेजीका लागि दिएको निवेदनपछि निर्वाचन आयोगले उक्त पार्टी खारेज गर्ने निर्णय गरेको हो ।

तत्कालीन नेकपा (एकीकृत समाजवादी) मा समाहित भएपछि गौतमले आफ्नो पार्टी खारेजीको लागि निवेदन दिएका थिए । एकीकृत समाजवादीलगायत १० दल तथा समूह मिलेर हालै ुनेपाली कम्युनिस्ट पार्टीु गठन भएको थियो, जसमा गौतम पनि आबद्ध छन् । यही नयाँ पार्टीमा समायोजन भएपछि उनले पुरानो पार्टी खारेज गर्न आयोगलाई अनुरोध गरेका थिए ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विभाजन आएपछि गौतमले कुनै समूहमा नलागी नेकपा एकीकरण राष्ट्रिय अभियान सुरु गरेका थिए । पछि उनले यसलाई राजनीतिक दलको रुपमा निर्वाचन आयोगमा दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।