विराटनगर । विराटनगरको बरगाछी चोकमा आज साँझ भारतीय मालवाहक सवारी (ट्रक) ले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारी अनुसार मृत्यु हुनेमा सर्लाही जिल्लाको हरिपुर नगरपालिका घर भएकी ४५ वर्षीया रोहिला कोइराला अधिकारी रहेकी छन्।
श्रीमान् विमल कोइरालाले चलाइरहेको मोटरसाइकलको पछाडि सवार रहेकी अधिकारीको मालवाहक सवारीको ठक्करपछि घटनास्थलमै मृत्यु भएको स्थानीयले दाबी गरेका छन् । स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार दुर्घटना निकै दर्दनाक थियो।
मोटरसाइकल चालक मृतकका श्रीमान् विमल कोइराला भने सकुशल रहेका छन्। मृतक अधिकारीको शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पतालमा राखिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।