लोड हुँदैछ...

मेनु

भोजपुरमा खोरेत रोग उन्मुलनका लागि खोप अभियान

भोजपुरमा खोरेत रोग उन्मुलनका लागि खोप अभियान

भोजपुर । गाईभैँसीमा लाग्ने खोरेत रोग उन्मूलनका लागि भोजपुरमा महिनासम्म सञ्चालन हुने खोप अभियान सुरु गरिएको छ ।
जिल्लाभरका किसानको पशुमा खोरेत रोग नियन्त्रण र उन्मूलन गर्ने उद्देश्यका साथ खोप अभियान सुरु गरिएको भेटेरिनरी अस्पताल तथा सेवा विज्ञ केन्द्रले जनाएको छ ।

सेवा विज्ञ केन्द्रका प्रमुख पुष्पराज दाहालका अनुसार जिल्लाका सबै ९ वटै स्थानीय तहमा कात्तिक २३ गतेदेखि मङ्सिर २३ गतेसम्म अभियान सञ्चालन हुनेछ । जिल्लामा खोरेत रोगविरुद्धका खोप अभियान सञ्चालन गरेको बताउँदै उनले अभियानका लागि हामीलाई ६७ हजार खोप प्राप्त भएको जानकारी दिए ।

किसानकै गोठमा पुगेर खोपकर्तामार्फत खोप लगाउने व्यवस्था मिलाइएको छ । रोग नियन्त्रणसँगै उत्पादनमा वृद्धि र पशुपालक किसानलाई आर्थिक लाभ पुर्याउने लक्ष्यका साथ खोप अभियान सञ्चालन गरिएको हो ।

कोशी प्रदेश सरकारले पशुजन्य पदार्थ निर्यातमा टेवा पुर्याई किसानलाई आर्थिक रूपले समृद्ध बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । अभियानअन्तर्गत प्रत्येक बस्तीमा पुगेर खोपकर्ताले घरमै खोप लगाउने छन् । यसले ग्रामीण क्षेत्रका किसानलाई सहज र सुलभ सेवा उपलब्ध हुने कार्यालयको भनाइ छ ।

पहिलो चरणको खोप अभियान सम्पन्न भएपछि पुनः दोस्रो चरणको कार्यक्रम सञ्चालन गरिनेछ । सो क्रममा खोप लगाइएका पशुहरूमा रोगको अवस्थाबारे अनुगमन गरी पुनः आवश्यक व्यवस्थापन गरिनेछ ।

अभियानकाके क्रममा पशुमा लाग्ने रोगबारे जनचेतना फैलाउने काम पनि सँगसँगै भइरहेको प्रमुख दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।